सुमीको ‘सरौतो’मा भिटेनको र्याप

सुमीको ‘सरौतो’मा भिटेनको र्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – र्यापर  समीर घिसिङ (भिटेन)ले मंसीर १३ गते रिलिज हुने सिनेमा ‘सरौतो’को लागी गीत गाएका छन् । उनको शब्द, संगीत र स्वर सजित प्रमोसनल गीतमा कलाकार सुमी मोक्तान र विजय लामासहित स्वयम् फिचर्ड छन् ।


तिहारको छेकोमा खिचिएको गीतमा भिटेन फरकलाई फरक अन्दाजमा देख्न सकिने निर्देशक हरी हुमागाईंले बताएका छन् । गीत सिनेमा थिम अनुसार तयार गरिएको निर्माण पक्षको दावी छ ।

पछिल्लो समय भिटेन युवापुस्ता माँझ लोकप्रिय छन् । उनका प्रत्येक गीतले लामो समय ट्रेन्डिङ कब्जा जमाई बस्ने गरेका छन् ।

छायाँकनहुँदै निर्देशनमा हात हालेका हरी आफ्नो डेब्यु सिनेमाबाट पूर्ण आशावादी छन् । सिनेमामा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतका कलाकारको अभिनय छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् ।