anmol jasita

‘घामड शेरे’को नाम जोडेर राजनीतिज्ञको ट्रोल नबनाउन आग्रह…

‘घामड शेरे’को नाम जोडेर राजनीतिज्ञको ट्रोल नबनाउन आग्रह…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यहि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘घामड शेरे’ले सामाजिक संजालमा बनेका ट्रोलप्रति आपत्ति जनाएको छ । बुधबार आकस्मिक प्रेसमिट राख्दै सिनेमाको नाम जोडेर  बनेका चर्चित राजनीतिज्ञको ट्रोललाई लिएर ध्यानकर्षण भएको टिमले उल्लेख गरेको छ ।


सामाजिक संजालमा आइरहेका ट्रोलसँग सिनेमाको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै निर्माण कम्पनि बिसी मोसन पिक्चर्सले कथाको मुख्य पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैलीसमेत राजनीतिक व्यक्तित्वसँग मेल नखाने बताएको छ ।

साथै, कम्पनिले राजनीतिक क्षेत्रका अग्रज व्यक्तिवहरुमा पर्न गएको असर र असुविधा प्रति पनि माफी मागेको छ । र, सामाजिक संजाल प्रयोगकर्तालाई यस्तो काम नगर्न पनि आग्रह गरिएको छ ।

हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएको सिनेमामा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।

एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव बोकेको सिनेमामा निश्चल केन्द्रिय भूमिकामा छन् ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

प्रेस बिज्ञप्ति: