हलमा ‘घामड शेरे’ र ‘जीवन काँडा की फुल’

हलमा ‘घामड शेरे’ र ‘जीवन काँडा की फुल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो शुक्रबारदेखि दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित ‘घामड शेरे’ र विनोद विष्ट निर्देशित ‘जीवन काँडा की फुल’ साताका फ्रेस रिलिज हुन् ।


निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमाले विहिबारको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । सिनेमामा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।

एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको सिनेमामा निश्चल बस्नेतले शिर्ष भूमिका निर्वाह गरेका छन् । उक्त पात्रको घामड व्यवहारले कहाँसम्मको परिस्थिति निम्त्याउछ, निर्देशकले कलात्मक रुपमा प्रस्तुत गरेका छन् । यसलाई निर्देशक बिसीको उत्कृष्ट सिनेमा भनिएको छ ।

यस्तै साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा की फुल’ कृतिमा निर्माण भएको ‘जीवन काँडा की फुल’मा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निर्वाह गरेकी छन् । भने, युवा अवस्थामा रोजिता बुद्दचार्यले अभिनय गरेकी छन् । झमकको जीवनमा प्रत्यक्ष सहयोग पुर्याएकी बहिनिको भूमिका भने सारिका घिमिरेले निभाएकी छन् ।

मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको सिनेमामा किसन सुनार, उमा गिरीलागायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दावी छ ।