anmol jasita

भक्तपुर भाटभटेनीमा क्युएफएक्सको नयाँ मल्टीप्लेक्स सुचारु

भक्तपुर भाटभटेनीमा क्युएफएक्सको नयाँ मल्टीप्लेक्स सुचारु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले उपत्यकामा नयाँ हल संचालनमा ल्याएको छ । भक्तपुरको भाटभटेनीमा विहिबार ३ पर्दाको मल्टीप्लेक्स आधिकारिक रुपमा संचालनमा ल्याइएको हो ।


सात सय क्षमताको तीन पर्दामा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ । दर्शकको सुविधाको लागी रिसलाइनर सोफा पनि प्रयोग ल्याइएको छ ।

यो सँगै क्युएफएक्सको देशभर २३ पर्दा पुगेका छन् । साथै, अबको तीन महिना भित्र बुटवल र बिराटनगरमा दुई मल्टीप्लेक्स संचालनमा आउने रेगल सिनेमा प्रमुख एवं क्यूएफएक्स निर्देशक नकिम उद्दिनले बताए ।


जय नेपालबाट सेवा सुरु गरेको क्युएफएक्सका कुमारी, सिभिल मल, लाबिम मल र छायाँ सेन्टर राजधानीमा अवस्थित छन् । भने, मोफसल तर्फ नेपालगंज, विर्तामोड, चितवन र पोखरा पनि शाखा विस्तार गरिएको छ ।

तस्विर: ज्ञानु राई