anmol jasita

‘प्रेमगीत ३’ छायाँकन सुरु, प्रदीप र क्रिष्टिनाले जोडी बाँध्दै

‘प्रेमगीत ३’ छायाँकन सुरु, प्रदीप र क्रिष्टिनाले जोडी बाँध्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लोकप्रिय श्रंखला ‘प्रेमगीत’को तेस्रो सिनेमा ‘प्रेमगीत ३’को छायाँकन सुरु गरिएको छ । शुक्रबार प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहने सिनेमाको दक्षिणकाली मन्दिरमा शुभमुर्हुत गरियो ।


झन्डै १ महिना लगाएर किर्तिपुरमा खडा गरिएको सेटमा आजबाट सिनेमाको छायाँकन हुनेछ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने सिनेमा काठमाडौँको छायाँकन सकाएर मनाङ हानिनेछ ।

निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेको सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ ।


प्रेमकथामा निर्माण हुने सिनेमा चैत २८ गते रिलिज गरिनेछ । आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुन सिनेमामा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ ।

सिनेमा निर्माणमा सन्तोष सेनसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेका छन् । राजेश श्रेष्ठले खिच्ने सिनेमामा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।