anmol jasita

भिटेनको ‘सरौतो’ गीत सार्वजनिक

भिटेनको ‘सरौतो’ गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर १३ मा रिलिज हुने सिनेमा ‘सरौतो’को नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय र्यापर भिटेन (समीर घिसिङ) फिचर्ड गीतले सिनेमाको थिम वर्णन गर्छ ।


युवापुस्ता माँझ लोकप्रिय भिटेनले सिनेमामा गाएको पहिलो पटक हो । प्रमोसनल गीत हरी हुमागाईं र उत्तम हुमागाईंले खिचेका हुन् । समीर गुरुङले भिडियोको सम्पादन, कलर र भिएफएक्समा काम गरेका छन् ।

हरी हुमागाईं निर्देशित सिनेमाले बदलाको कथा प्रस्तुत गरेको छ । अभिनेत्री सुमी मोक्तान सिनेमाको प्रमुख पात्र हुन् । उनको एक्सनले अहिले सबैको ध्यान खिचेको छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा र संवादमा सुमीसँगै विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमाको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले सिनेमा निर्माणमा सहकार्य गरेका छन् ।