पाँच हलमा ‘कबड्डी ३’को ५१ दिने प्रदर्शन पुरा

पाँच हलमा ‘कबड्डी ३’को ५१ दिने प्रदर्शन पुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ३ मा रिलिज भएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ । राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा सिनेमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ ।


रामबाबु गुरुङ निर्देशित सिनेमाले ५१ दिनसम्म १४ करोड ग्रसको आँकडा छोएको वितरक कम्पनि स्टेशन ५ ले बताएको छ । सिनेमा यो वर्षकै सर्वाधिक ग्रसर सावित भएको छ । भने, सालमा ५१ दिने प्रदर्शन पार गर्ने दोस्रो सिनेमा हो ।

यसअघि जेठमा रिलिज भएको ‘जात्रै जात्रा’ले यो सफलता हाँसिल गरेको थियो ।

‘कबड्डी’ शृंखलामा सर्वाधिक व्यापार गर्ने सिनेमाको रेकर्डसमेत यसको नाममा छ । तेस्रो भागसम्म आइपुग्दा सिरिजको अंकगणितीय भार उकालो लाग्दै गएको छ । अघिल्ल्ला दुई भाग सुपरहिट बनेका थिए । यसपटक ब्लकबस्टरको ट्याग पाएको छ ।

सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय छ ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको मुख्य लगानीसँग रुदेन सदा लेप्चाले सहकार्य गरेको सिनेमामा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।