anmol jasita

‘लभ डायरिज’ गीतमा ‘ट्वीन्स गर्ल’को नृत्य, भ्यालेन्टाइन रिलिज कन्फर्म

‘लभ डायरिज’ गीतमा ‘ट्वीन्स गर्ल’को नृत्य, भ्यालेन्टाइन रिलिज कन्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ । सिनेमाको सम्पूर्ण छायाँकन सकाउदै निर्माण पक्षले फागुन २ (भ्यालेन्टाइन डे)लाई रिलिज तोकेको हो ।


छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचियो । अर्जुन पोखरेल शब्द/संगीतवद्द ‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

कोरियोग्राफर प्रविण सिंहले कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिज्मा/प्रिन्सी खतिवडा र कमला घिमिरेलाई स्टेप्स सिकाएका छन् । टिक-टक भाइरलहुँदै म्युजिक भिडियोमा व्यस्त प्रिज्मा/प्रिन्सीलाई पहिलो पटक सिनेमाको गीतमा फिचर्ड गरिएको हो ।


सौरभ चौधरी निर्देशित लभस्टोरी सिनेमामा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । सिनेमाको ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक नम्बर रिलिज भैसकेको छ । जसलाई दर्शकले रुचाएका छन् ।

संजय लामाले खिचेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा/पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ ।

तस्विर: ज्ञानु राई