anmol jasita

तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न

तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बिरगंजमा तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न भएको छ । ‘तराई, पहाड, हिमालको उत्सव : नेपाली चलचित्र स्वर्णिम महोत्सव’ नारा बोकेको महोत्सव २१ कार्तिकदेखि २३ सम्म चलेको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको कार्यक्रममा बलिउड अभिनेता गोविन्दा आकर्षणको केन्द्र बने । चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रम चलचित्र विकास वोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले प्रवर्धन गरेका थिए । भने,  बिरगंज उद्योग वाणिज्यले सह-आयोजकको भूमिका निर्वाह गरेको थियो ।

नेपाली सिनेमा क्षेत्रसँग सम्वन्धित संघसंस्थाका पदाधिकारी, चर्चित सिनेकर्मी र सिने पत्रकारहरुको बाक्लो उपस्थिति थियो । सिनेमा क्षेत्रको विकास र प्रवर्द्धनको लागी आयोजना गरिएको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।


तीन दिने महोत्सवमा केन्द्रियसँगै स्थानीय कलाकारले बिभिन्न प्रस्तुति दिएका थिए । भने, ‘भोर’, ‘बुलबुल’ र ‘आमा’लगायतका सिनेमा पनि प्रदर्शन गरिएको थियो ।

बिरगंज महानगरपालिका संरक्षक रहेको कार्यक्रमलाई भिजिट नेपाल २०२० र प्रदेश नम्बर २ सरकारले सहयोग गरेका थिए ।