anmol jasita

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि नेपाल प्रदर्शन हुने सिनेमा ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियर खचाखच बन्यो ।


सिनेमा हेरेका अधिकांस दर्शकले कथाबस्तुको प्रशंसा गरे । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो सिनेमा देखाउन आवश्यक रहेको दर्शकले प्रतिक्रिया दिए । केहि दर्शकले सिनेमा हेर्दासम्म मज्जाले हसाँएको पनि बताए ।

देव भुषालको निर्देशनमा निर्मित सिनेमा कार्तिक २९ देखि अलनेपाल रिलिज हुँदैछ । सिनेमामा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको अभिनय छ । प्रेमराज दाहालले यो सिनेमा निर्माण गरेका हुन् ।