anmol jasita

एबी इन्टरनेशनलले थाल्यो सिनेमा वितरण

एबी इन्टरनेशनलले थाल्यो सिनेमा वितरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गएको भदौमा सिनेमा ‘पासवर्ड’ रिलिज गरेको निर्माण कम्पनि एबी इन्टरनेशनल प्रालिले अब वितरणमा पनि हात बढाउने भएको छ । यसै शुक्रबार रिलिज हुने बलिउड सिनेमा ‘मरजावां’बाट कम्पनिले वितरण थालेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


एबी इन्टरनेशनलले नेपालीसँगै बलिउड र हलिउड सिनेमा वितरण गर्नेछ । साथै, वर्षेनी दुई वटा स्तरीय सिनेमा निर्माण गरेर नेपाली सिनेमाको अन्तरराष्ट्रियकरण गर्नु कम्पनिको मुख्य उद्येश्य बताइएको छ ।

कम्पनिले निर्माण गरेको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । यसले सिनेमा ‘पासवर्ड’ मार्फत बलिउड अभिनेत्री सन्नी लियोनीलाई डेब्यु गराएको थियो । तर, सिनेमा बक्सअफिसमा असफल बन्यो ।

कम्पनिका प्रबन्ध निर्देशक अजित कुमार थापा हुन् ।

प्रेस विज्ञप्ति