anmol jasita

हरिवंशको जन्मोत्सवमा मदनकृष्णले भने ‘हाम्रो मित्रता इतिहास बनेर रहन्छ’

हरिवंशको जन्मोत्सवमा मदनकृष्णले भने ‘हाम्रो मित्रता इतिहास बनेर रहन्छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ६३ औँ जन्मउत्सव मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको जन्मउत्सवमा हरिवंश केहि भावुक भए ।

फाइल फोटो: वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको फेसबुक प्रोफाइलबाट

हरिवंशसँगको मित्रताको बयान गर्दै हितैसी मित्र मदनकृष्ण भने ‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’

मदनकृष्णले यसो भनिरहँदा भावुक बनेका हरिवंशले पछिल्लो समय सिनेमामा गडेको  हाँस्यरसले आफुलाई थप उर्जा मिल्ने बताए । ‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले त मह संचार सबैको परिवार भएको छ । यसको लोकप्रियतालाई अब कसैले पनि कम आँकलन गर्न सक्दैन ।’ हरिवंशले भने ।

उनलाई शुभकामना व्यक्त गर्न हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, हरिवंशकी पत्नी रमिला, अभिनेत्री आँचल शर्मालगायत उपस्थित थिए ।

वि.सं २०१४ साल कात्तिकको २७ गते जन्मिएका हरिवंशलाई नेपाली हाँस्यव्यंग्यका धरोहर मानिन्छ ।