anmol jasita

‘हिजो आजका कुरा’ छायाँकनमा, बैशाख १२ रिलिज डेट

‘हिजो आजका कुरा’ छायाँकनमा, बैशाख १२ रिलिज डेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि सिनेमा फ्लोरमा गएको हो ।


टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमामा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ । मुर्हुतमा यी दुई अनुभवी कलाकारले पहिलो सट दिए ।

राजधानी र चितवनमा झन्डै ३५ दिन छायाँकन हुने सिनेमामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ । भने, यहिँ सिनेमाबाट विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।


छायाँकन सुरु गरेसँगै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति पनि तय गरेको छ । २०७७ सालको बैशाख १२ गते सिनेमा प्रदर्शन गरिने कलाकार पन्तले जानकारी दिए ।

पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । सिनेमाको सह-निर्मातामा अशोक घिमिरे छन् ।