anmol jasita

‘मिस्टर नेपाली’को होली गीत ‘डंका पिट्यो’ रिलिज

‘मिस्टर नेपाली’को होली गीत ‘डंका पिट्यो’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार रिलिज हुने सिनेमा ‘मिस्टर नेपाली’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘डंका पिट्यो’ बोलको गीतलाई होलीको परिवेशमा खिचिएको छ ।


देव भुषालको शब्द, दीपक शर्माको संगीत र डेभिड शंकरको एकल गायन रहेको गीतमा सिनेमाका मुख्य कलाकार साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोललगायतका कलाकार फिचर्ड छन् ।

देव भुषालको लेखन, निर्देशन रहेको सिनेमामा भुवन केसी, सरोज खनाल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, राजेन्द्र गिरीलगायतको पनि अभिनय छ ।

प्रेमराज दाहालले निर्माण गरेको सिनेमाले विदेशमा रहने नेपालीको नेपालप्रतिको माया, मोह प्रस्तुत गरेको छ ।