anmol jasita

भुवन र साहिलको ‘मिस्टर नेपाली’ रिलिज

भुवन र साहिलको ‘मिस्टर नेपाली’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साताको फ्रेस रिलिज अन्तर्गत सिनेमा ‘मिस्टर नेपाली’ हल छिरेको छ । विदेशमा बस्ने नेपालीको नेपालप्रतिको मोहलाई प्रस्तुत गरेको सिनेमामा भुवन केसी र साहिल श्रेष्ठको प्रमुख भूमिका छ ।

साहिलले यहि सिनेमाबाट रजतपटमा डेब्यु गरेका छन् । सिनेमाको कथाबस्तु साहिलले निभाएको पात्र वरिपरी घुम्छ । भने, अभिनेता भुवन केसीलाई नकारात्मक भूमिकामा प्रस्तुत गरिएको छ ।

देव भुषालको लेखन तथा निर्देशनमा बनेको सिनेमाबाट कुसुम राउतले पनि डेब्यु गरेकी छन् ।

प्रेमराज दाहालको लगानीमा निर्मित सिनेमामा सरोज खनाल, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, राजेन्द्र गिरीलगायतका कलाकारको पनि अभिनय छ ।

‘मिस्टर नेपाली’सँगै बलिउडको ‘मरजावां’ र हलिउडको ‘चार्लिज एन्जल्स’ पनि नेपाली बक्सअफिसमा रिलिज भएका छन् ।