anmol jasita

‘ए मेरो हजुर ४’मा अनमोल अनुबन्धित, सुहानासँग दोस्रो पटक जोडी बाँधिने

‘ए मेरो हजुर ४’मा अनमोल अनुबन्धित, सुहानासँग दोस्रो पटक जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुपरहिट लभस्टोरी सिरिज ‘ए मेरो हजुर’मा अभिनेता अनमोल केसी यथावत रहेका छन् । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

फाइल फोटो: ‘ए मेरो हजुर ३’ सक्सेस पार्टी

‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमोलले चौथों शृंखलामा अभिनेत्री सुहाना थापासँग जोडी बाँध्नेछन् । होम प्रोडक्सनको सिनेमामा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन् ।

झरना थापाले निर्देशन गर्ने सिनेमालाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि सिनेमाबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।


‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका कारण दोस्रो पटक सहकार्य गरिएको निर्देशक थापाले बताइन । म्युजिकल लभस्टोरी सिरिज ‘ए मेरो हजुर’ दर्शक माँझ लोकप्रिय छ ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाँकन हुने सिनेमाको बाँकी कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् ।