anmol jasita

२५ वर्ष लागिन् साम्राज्ञी, अनमोलदेखि अंकितसम्म अनस्क्रिन जोडी

२५ वर्ष लागिन् साम्राज्ञी, अनमोलदेखि अंकितसम्म अनस्क्रिन जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २ गते अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिन परेको छ । ‘ड्रिम्स’ डेब्यु अभिनेत्रीले आज २४ औँ बसन्तको केक काट्दैछिन् ।

वि:स. २०७२ मा सिनेमा ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञी अहिलेको नम्बर १ अभिनेत्री हुन् । उनका सात सिनेमा रिलिज भैसकेका छन् । ‘ड्रिम्स’ पछि साम्राज्ञीको ‘ए मेरो हजुर २’ सुपरहिट सावित भयो ।

बुबा महेशविक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाहको कोखबाट जन्मिएकी साम्राज्ञी अहिले नेपालकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । वि:स. २०५२ साल मंसीर २ गते बिरगंजमा जन्मिएकी साम्राज्ञी  नेपालको राजकीय खानदान शाह बंशको पुस्ता हुन् ।


साम्राज्ञीले सिनेमामा अनमोल केसी, सलिनमान बनियाँ, आकाश श्रेष्ठ, नाजिर हुसेन, आर्यन सिग्देल, धिरज मगर, पुष्प खड्का र अंकित शर्मा जस्ता अभिनेतासँग जोडी बाँधिसकेकी छन् ।

उनका ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’, ‘तिमि सँग’, ‘कायरा’, ‘इन्टु मिन्टू लण्डनमा’, ‘मारुनी’ र ‘रातो टिका निधारमा’ रिलिज भैसकेका छन् ।