विपिनलाई पुत्री लाभ

विपिनलाई पुत्री लाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । सोमबार बिहान बल्खुस्थित बयोधा अस्पतालमा पत्नी रेश्मा कटुवालले पहिलो सन्तान स्वरुप छोरीलाई जन्म दिइन ।

विपिनले छोरीसँग फोटो सामाजिक संजालमा शेयर गर्दै पत्नी रेश्मालाई धन्यवाद व्यक्त गरेका छन् । उनले सार्वजनिक गरेको तस्विरमा छोरीप्रतिको प्रेम झल्किन्छ । विपिन र रेश्माले ५ वर्ष अगाडी विवाह गरेका थिए ।

सिनेमा ‘सेल्फी किङ’को छायाँकन सकाएका विपिन पछिल्लो समयका प्रतिभाशाली अभिनेतामा गनिन्छन । प्रत्येक सिनेमामा प्रस्तुत हुने फरक भूमिकाले विपिनलाई सफलता दिइरहेको छ ।

राष्ट्रिय अवार्ड विजेता अभिनेताको यो वर्ष ‘जात्रै जात्रा’ रिलिज भएको थियो । जुन अत्याधिक सफल पनि बन्यो ।