‘द कर्मा’ पोस्टर सार्वजनिक, माघमा सिनेमा रिलिज

‘द कर्मा’ पोस्टर सार्वजनिक, माघमा सिनेमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘दि कर्मा’को पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । देव कुमार श्रेष्ठ निर्देशित सिनेमा माघ १७ गते रिलिज हुनेछ ।

पोस्टरमा मुख्य कलाकार करण वर्मा, निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ प्रस्तुत छन् । उनिहरुको आक्रामक अवतारलाई पोस्टरमा समेटिएको छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना समेटेको सिनेमामा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको पनि अभिनय छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सिनेमामा जयराज रायको कथा र लगानी छ । श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको सिनेमामा शारदा खड्का सह–निर्माताको रुपमा छन् ।

रामेश्वर कार्कीले खिचेको सिनेमामा सुशिल पोखरेलको पटकथा र संवाद छ । सिनेमा नेपालसँगै अन्य मुलुकमा पनि रिलिज गरिने निर्माण पक्षले बताएको छ ।