‘सेल्फी किङ’ फस्टलुक पोस्टर, विपिनको भिन्न अवतार

‘सेल्फी किङ’ फस्टलुक पोस्टर, विपिनको भिन्न अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको पोस्टरमा विपिन मात्र अटाएका छन् ।

प्राय: सिनेमामा भिन्न-भिन्न पात्रमा प्रस्तुत भएका विपिन ‘सेल्फी किङ’मा पनि भिन्न देखिन्छन । उनको अवतार आकर्षक छ । हुलिया जोकर जस्तो लाग्छ । गम्भीर लूक्सले पात्रको पिडा वर्णन गर्छ ।

विशाल सापकोटाको डेब्यु निर्देशनमा तयार सिनेमाले ‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्छ ।

सिनेमाको फस्टलुकसँगै निर्माण पक्षले प्रदर्शन मिति पनि बाहिर ल्याएको छ । सिनेमा माघ २४ गते रिलिज हुनेछ ।

लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।

सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको सिनेमामा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित सिनेमा ‘प्रसाद’मा सहकार्य गरेका थिए ।

राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको सिनेमामा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।