‘चपली हाइट ३’को शुभसाइत, मंसीर ५ देखि फ्लोरमा

‘चपली हाइट ३’को शुभसाइत, मंसीर ५ देखि फ्लोरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारको निर्माणमा बन्ने सिनेमा ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा पूजा गरेर निर्माणले पक्षले छायाँकन अघिको प्रेस भेटघाट सम्पन्न गर्यो ।


सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने सिनेमाको निर्देशन निकेश खड्काले गर्नेछन् । सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । महेश र प्रतिकले यहि सिनेमाबाट अभिनय यात्रा थालनी गर्दैछन् ।

मंसीर ५ गतेदेखि छायांकनमा जाने सिनेमाको लागि अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भूमिकालाई लिएर भनिन , ‘ म पुरै तयारी भएकी छैन । छायांकनमा जाँदासम्म सबै कुराले गति लिन्छ होला । ।


अर्की अभिनेत्री सुपुष्पाले कथामा पाएको भूमिकाले उत्साहित गरेको बताइन । यस्तै निर्माता अर्जुन कुमारले अघिल्ला सिनेमामा जस्तै ‘चपली हाइट ३’मा दर्शक र संचारकर्मीको साथ पाउने आशा व्यक्त गरे ।

‘चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यवसायिक सफलता पायो । भने, दोस्रोले सोचे जस्तो सफलता पाउन सकेकी थिएन । तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा बोकेको छ ।

सिनेमा अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण बन्न लागेको हो ।