‘चच हुई’ सबै खालका दर्शकलाई मन पर्छ: आर्यन सिग्देल

‘चच हुई’ सबै खालका दर्शकलाई मन पर्छ: आर्यन सिग्देल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देलको क्रेज अहिले पनि उस्तै छ । केही समयको ग्यापपछि उनले सिनेमा ‘रुद्रप्रिया’बाट आर्यनको कमब्याक भयो । यो सिनेमाले दर्शकबाट राम्रो तारिफ पायो । त्यसपछि आर्यन निरन्तर सिनेमा क्षेत्रमा सक्रिय छन् ।

केही महिनाअघि सिनेमा ‘हजार जुनीसम्म’ मा अभिनेत्री प्रियंका कार्कीसँग जोडी बाँधेका आर्यन सिग्देल अब भने सिनेमा ‘चच हुई’ लिएर दर्शकमाझ आएका छन् । यो सिनेमा यही मसिंर ६ गतेदेखि प्रदर्शन हुँदैछ ।

सिनेमालाई लिएर आर्यन उत्साहित छन् । निर्देशक साम्तेन भुटियाको निर्देशकीय क्षमताका कारण आर्यन सिनेमाबाट थप आशावादी भएको द कुराकानीमा बताए ।

द सिनेमा टाइम्ससँग विशेष कुराकानी गर्दै आर्यनले सुनाए – ‘साम्तेन दाइसँग मेरो पहिले पनि भेट भएको थियो । उहाँले एउटा सिनेमामा काम गर्नुपर्छ भन्नुभएको थियो । यो सिनेमा जुर्यो ।’

आर्यनले यो सिनेमा दर्शकलाई मन पर्ने बताए । उनले सिनेमाको कथा अनुसार सिनेमा पनि दर्शकलाई मन पर्ने खालको भएको प्रतिक्रिया दिए । उनले यो सिनेमा सबै खालका दर्शकले मन पराउने समेत बताए ।

‘सिनेमामा यात्रा नै धेरै भएको छ । चचहुई नाम अनुसारको सिनेमा बनेको छ । जुन जनरामा सिनेमा बनेको थियो । त्यस्तै बनेको छ ।,’ विशेष कुराकानीमा आर्यनले सुनाए ।

आफ्ना अघिल्ला सिनेमा दर्शकले मन पराएको र यो सिनेमा पनि दर्शकले मन पराउनेमा आर्यन विश्वस्त थिए । उनले दर्शकले सधै राम्रो अभिनय र राम्रो सिनेमा मन पराउने बताए ।

यसअघिको कुराकानीमा आफूलाई नम्बर वान अभिनेता बन्ने भन्दा पनि सधै राम्रो भूमिकामा काम गर्न चाहेको बताए । उनले अगाडि थपे – मलाई नम्बर वान नायक बन्नुभन्दा पनि फरक भुमिकामा सधै अभिनय गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

सिनेमा ‘चच हुई’ मा आर्यन सिग्देलले नायिका मिरुना मगरसँग जोडी बाँध्दैछन् । सिनेमामा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको पनि मुख्य भुमिका निभाएका छन् ।

साम्तेन भुटियाले पनि यो सिनेमालाई आम दर्शकले मन पराउने गरी तयारी पारेको प्रतिक्रिया दिएका छन् । सिनेमाको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।