मल्टीप्लेक्समा ‘च च हुई’को अग्रिम बुकिङ खुल्यो

मल्टीप्लेक्समा ‘च च हुई’को अग्रिम बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आर्यन सिग्देल स्टारर सिनेमा ‘च च हुई’ शुक्रबारदेखि रिलिज हुँदैछ । रिलिजलाई मध्येनजर गर्दै मल्टीप्लेक्सले सिनेमाको लागि अग्रिम बुकिङ खुल्ला गरेका छन् ।


दुई हलिउड र एक बलिउड सिनेमासँग रिलिज हुँदै गरेको ‘च च हुई’लाई मल्टीप्लेक्सले औसत स्थान दिएका छन् । क्युएफएक्स, बिग मुभिज, एफ क्युब, बिएसआर, वान सिनेमाज, क्युज, सिडिसी र आइएनआइ सिनेमाज लगायातका ठुला मल्टीप्लेक्सले सिनेमाको लागि जम्मा २६ शोज निकालेका छन् ।

विदेशी सिनेमाको चपेटाले ‘च च हुई’को मल्टीप्लेक्स स्थान त्यति प्रभावशाली देखिएको छैन । रिलिज अगाडीको हाइपअनुसार यो शोज राम्रो होला, तर सजिलै लगानी उठाउन यो संख्याले भूमिका खेल्दैन ।

अब सिनेमालाई ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ । दर्शकको चाप हुँदा मल्टीप्लेक्सले शोजमा बढोत्तरी गर्छन ।

साम्तेन भुटिया निर्देशित सिनेमालाई निर्माण पक्षले उत्कृष्ट बनाएको दावी गरेको छ । त्यसैले ‘वर्ड अफ माउथ’ बलियो हुनेमा आशावादी देखिएको छ ।

सिनेमामा आर्यनसँगै भोलराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

सिजन दाहाल र संदेश अर्यालले लेखेको पटकथामा सुशन प्रजापतिले छायाँकन, श्री श्रेष्ठले द्वन्द्व, शिशिर खातीले कोरियोग्राफी र राजनराज सिवाकोटी/रोशन थापाले संगीतको काम गरेका छन् ।

एजीएल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमालाई अमृत घोले लामाले निर्माण गरेका हुन् ।