हलमा आर्यनको ‘च च हुई’

हलमा आर्यनको ‘च च हुई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आर्यन सिग्देल स्टारर सिनेमा ‘च च हुई’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो नेपाली सोलो रिलिज हो, तर बक्सअफिसमा तीन वटा विदेशी सिनेमा पनि प्रदर्शनमा आएका छन् ।

यो सिनेमा आर्यनको करिअरसँग जोडिएको छ । पछिल्ला सिनेमा लगातार बक्सअफिसमा असफल हुँदा आर्यनको लागि ‘च च हुई’ हिट हुन आवश्यक रहेको सिने पण्डितको धारणा छ ।

यो सिनेमामा आर्यनको अपोजिटमा मिरुना मगर छिन् । डेब्युदेखि तीन सिनेमा लगातार असफल भएका कारण पनि मिरुनाको लागि ‘च च हुई’ विशेष छ ।

साम्तेन भुटियाको निर्देशनमा तयार सिनेमाले दुई साथिको जर्नी कथा बोलेको छ । उनिहरुको जीवनमा आउने उतारचढावमा कथा बगेको छ । आर्यनसँगै भोलाराज सापकोटा प्रमुख भूमिकामा छन् ।

रोमान्टिक-कमेडी जनरामा निर्मित सिनेमाको हाइप औसत छ । त्यसैले ‘वर्ड अफ माउथ’ले सिनेमाको बक्सअफिस आयु तय गर्नेछ ।