‘माया पिरिम’ ट्रेलर रिलिज, कोशिसको प्रेममा किरण

‘माया पिरिम’ ट्रेलर रिलिज, कोशिसको प्रेममा किरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २० गते रिलिज हुने सिनेमा ‘माया पिरिम’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक प्रेसमिटको बीच सार्वजनिक गरिएको ट्रेलर प्रेमकथामा आधारित छ ।

टेक पौरखी राई निर्देशित सिनेमामा कोशिस क्षेत्री र किरण चन्दले मुख्य भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेम, रोमान्स र वियोगले ट्रेलरमा स्थान पाएको छ । सबिन अधिकारीको कथामा कमेडी र एक्सन पनि घोलिएको छ ।

सिनेमामा कोशिस र किरणसँगै अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमण राईलगायतका कलाकारको अभिनय छ । भने, एक गीतमा अभिनेता सलोन बस्नेत र मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गरेका छन् ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता प्रविण थापा र सबिन अधिकारी हुन् । सिनेमामा मोहन मरासिनी र युवराज दाहाल सह-निर्माताको रुपमा छन् ।