‘साङ्लो’ नयाँ रिलिज डेट तय, पोस्टरमा रोमान्टिक बिराज र निकिता

‘साङ्लो’ नयाँ रिलिज डेट तय, पोस्टरमा रोमान्टिक बिराज र निकिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन किङ बिराज भट्ट स्टारर सिनेमा ‘साङ्लो’को नयाँ रिलिज डेट तय भएको छ । सिनेमाको नयाँ पोस्टरमा माघ २४ रिलिज डेट छापिएको छ ।

यसअघि ९ फागुनलाई रिलिज डेट तय गरेपनि निर्माण पक्षले ‘साङ्लो’लाई दुई साता अगाडी तानेको हो । आफ्नो निर्देशकीय डेब्यु सिनेमा माघ २४ मा अवश्य आउने अभिनेता भट्टले जानकारी दिए ।

बिराज मात्र फिचर्ड अघिल्लो पोस्टर सार्वजनिक गरेपनि यसपटक मुख्य अभिनेत्री निकिता चाण्डकलाई पोस्टरमा स्थान दिइएको छ । पोस्टरमा दुवै कलाकारको रोमान्टिक मूड समेटिएको छ ।

सिनेमाको पहिलो गीत यसै विहिबार सार्वजनिक गरिदैछ । विराजको आफ्नै लगानीमा निर्मित सिनेमामा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।