मिरुना भन्छिन् – मलाई सबै सिनेमाले फाइदा पुर्‍याएको छ

मिरुना भन्छिन् – मलाई सबै सिनेमाले फाइदा पुर्‍याएको छ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर ‘चच हुई’ सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।  सिनेमा जति दर्शकले हेरेका छन् राम्रो नै प्रतिक्रिया पाइरहेको छ ।

साम्तेन भुटियाले निर्देशन गरेको यो सिनेमा व्यावसायिक र मसालेदार सिनेमा मन पराउने दर्शकले रुचाउने गरी तयार पारिएको छ । कमेडी, एक्सन र रोमान्स समेटिएको सिनेमामा मिरुनाले एक सोझी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

सिनेमा हेरेका दर्शकले उनको अभिनयको तारिफ गरेका छन् ।

हङकङका रमाइला दृश्य, मुस्ताङको मार्फा, पोखराका मनोरम दृश्य समेटिएको यो सिनेमाको कथा नै यसरी उनिएको छ ।

यसअघि सिनेमा ‘रोज’ मा प्रदीप खड्कासँग जोडी बाँधेकी मिरुनाले सिनेमाबाट राम्रो प्रतिक्रिया पाएकी थिइन् । उनको डेब्यु सिनेमा ‘लालपुर्जा’ ले मिरुनालाई चर्चा दिलाएको थियो । मिरुना भन्छिन् – ‘मैले जुन जुन सिनेमामा काम गरेँ, ति सबै सिनेमाले मलाई फाइदा पुर्याएकै छन् ।’

उनी आफूले अभिनय गरेका सिनेमाकै कारण यहाँसम्म आउन सफल भएको बताउँछिन् । एक नाम फाइनल नभइसकेको सिनेमामा अभिनय गरिरहेकी मिरुनाले ‘चच हुई’ ले पनि आफ्नो करिअरमा फाइदा पुर्याएको बताउँछिन् ।

द सिनेमा टाइम्ससँग उनी भन्छिन् – ‘यो सिनेमाले मलाई फाइदा पुर्याएको छ । थप दर्शकसँग चिनाएको छ ।’

आर्यन सिग्देलसँग जोडी बाँधेकी मिरुना आर्यनको फ्यानमाझ पुग्नेमा विश्वस्त छिन् । लण्डनबाट नेपालमा करिअरको खोजी गर्दै आएकी मिरुना अब भने नेपालमै बस्ने योजनामा छिन् ।

समाजशास्त्रकी विद्यार्थी मिरुना अब फेरि बेलायत फर्केर पढाइ पुरा गर्ने बताउँछिन् । स्नातक पढाइ पुरा गरेकी मिरुना स्नातकोत्तर पढ्न बेलायत जाने र पढाइ पुरा गरेपछि नेपाल फर्किने बताउँछिन् ।

धरानकी मिरुनाको परिवार उतै बेलायतमै रहँदै आएको छ । मिरुना अगाडि थप्छिन् – ‘अहिले सिनेमाको करिअरलाई पनि समय दिन्छु । केही समयपछि पढाइ पुरा गर्नेछु ।’

सामाजिक सञ्जालमा पनि मिरुनाका लोभलाग्दा फ्यान फलोइङ छन् । अभिनयसँगै स्वभाव र सुन्दरताका कारण पनि मिरुनाले दर्शकको मन जितेकी छिन् ।