सुर्य इन्टरनेशनल अवार्डमा अनमोल र साम्राज्ञी उत्कृष्ट …(सुची)

सुर्य इन्टरनेशनल अवार्डमा अनमोल र साम्राज्ञी उत्कृष्ट …(सुची)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘सुर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । ५० बढी सिनेकर्मी र पत्रकारको उपस्थितिमा आयोजित समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड उचाले ।

‘क्याप्टेन’बाट अनमोलले अभिनेताको अवार्ड जित्दा पपुलर अभिनेत्रीको अवार्ड ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मीको पोल्टामा पर्यो ।

यस्तै पपुलर सिनेमा अवार्ड ‘छक्का पन्जा ३’ले जित्यो । यसै सिनेमाबाट पपुलर निर्देशकको अवार्ड दीपाश्री निरौलाले जितिन् । पपुलर सह-अभिनेत्रीमा वर्षा राउतले ‘गोपी’बाट अवार्ड उचालिन । भने, सह-अभिनेता तर्फ ‘जय भोले’बाट बुद्दि तामाङ उत्कृष्ट ठहरिए ।

नाकानो जिरो हलमा आयोजना गरिएको समारोहमा क्रिटिक्स तर्फको तीन अवार्ड ‘प्रसाद’को पोल्टामा परे । सिनेमासहित अभिनेतामा विपिन कार्की र अभिनेत्रीमा नम्रता श्रेष्ठ क्रिटिक्सको नजरमा उत्कृष्ट ठहरिए । भने, निर्देशकको अवार्ड ‘गोपी’बाट दीपेन्द्र लामाले जिते ।

संगीतको ६ विधामा लोकगायिकाको अवार्ड ‘गाह्रो हुन्छ’ गीतबाट मञ्जु पौडेलले जितिन् । भने गायकमा ‘सालको पात’बाट कुलेन्द्र विश्वकर्माले अवार्ड उचाले ।

यस्तै ‘मोहनी’ गीत मार्फत आधुनिक गायक राजेशपायल राई र  ‘पिरिम नलाउने’बाट गायिका मेलिना राईले अवार्ड जिते । पप तर्फ ‘कर्के नजर’बाट संजिव पराजुली र टिका प्रसाईंले उत्कृष्ट गायक-गायिकाको अवार्ड हात पारे ।

सम्मान

यसपटकको ‘सुर्य रत्न सम्मान’ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो । अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो ।

समारोहमा कलाकार विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान – २०१९’, कलापत्रकार लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ र जापनिज निर्देशक डा: तोशीआकी ईतोहलाई विशेष सम्मान प्रदान गरियो ।

अवार्डको लागि सूर्य कर्पोरेशनसँग चलचित्र बिकास बोर्डले सहकार्य गरेको थियो । भने, पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले सहयोग गरेका थिए ।

फोटो: मेरो फिल्म