MYGG 2: पार्श्वगायनमा ‘द भ्वाइस’का सनिशको डेब्यु

MYGG 2: पार्श्वगायनमा ‘द भ्वाइस’का सनिशको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायांकनरत सिनेमा ‘म यस्तो गीत गाउँछु २’को लागि ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले स्वर दिने भएका छन् ।


सोमबार ‘द भ्वाइस’को सेटमा सिनेमाको छायांकन गरियो । त्यसै क्रममा निर्माण पक्षले सनिशसँग सम्झौता गरेको हो । अर्जुन पोखरेलको संगीतमा तयार एक गीतका लागि सनिशले स्वर भर्नेछन् ।

अर्जुनले भने–‘हामी यस्ता रियालिटी शोमा पनि फरक खालको आवाज खोजिरहेका हुन्छौ । सनिशको आवाज फरक छ । हामीले सिनेमाका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट छ । यसैले, उनको स्वर राख्ने निर्णय गरेका हौ ।’

सुदर्शन थापाको निर्देशनमा सिनेमाको अन्तिम छायांकन भैरहेको छ । सांगीतिक प्रेमकथामा आधारित रहने सिनेमामा पूजा शर्मा र पल शाहको मुख्य भूमिका छ ।

शिवम अधिकारीले लेखेको सिनेमामा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ । सिनेमा फागुन २३ मा रिलिज हुनेछ ।

यो सिनेमालाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको सिनेमामा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन् ।