‘चपली हाइट ३’ रिलिज घोषणा, चैत २८ कन्फर्म

‘चपली हाइट ३’ रिलिज घोषणा, चैत २८ कन्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको सिनेमा ‘चपली हाइट ३’ले सेटबाटै रिलिज डेट घोषणा गरेको छ । निर्माता कुमार र निर्देशक निकेश खड्कासहितको टिमको छलफलसँगै सिनेमाको रिलिज डेट चैत २८ तोकिएको छ ।

‘छायांकनमा जानु भन्दा पहिले नै रिलिज डेट घोषणा गर्ने योजना थियो । तर, प्राविधिक काम कस्तो होला भन्ने दोधार थियो । छायांकनको पाँचौ दिनसम्म आइपुग्दा ‘चपली हाइट ३’ले रफ्तार समातेको छ । त्यसैले सिनेमा पूर्ण रुपमा तयार हुन धेरै समय नलाग्ने भएकाले चैत २८ को रिलिज डेट तय गरेका हौँ । आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुनेछ ।’ निर्माता कुमारले द सिनेमा टाइम्ससँग भने ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण भैरहेको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ । महेश र प्रतिकले यहि सिनेमाबाट अभिनय यात्रा थालनी गर्दैछन् ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त व्यानरमा सिनेमा बनिरहेको छ ।