बक्सअफिसमा सुमीको ‘सरौतो’ र यशराजको ‘लभ यू हमेशा’

बक्सअफिसमा सुमीको ‘सरौतो’ र यशराजको ‘लभ यू हमेशा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो शुक्रबार बक्सअफिसमा तीन नेपाली सिनेमा रिलिज भएका छन् । ‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ यो साताका फ्रेस रिलिज हुन् ।


महिला एक्सन प्रधान ‘सरौतो’लाई हरी हुमागाईंले निर्देशन गरेका हुन् । बदलाको कथामा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक लगायतका कलाकारको अभिनय छ ।

यस्तै भास्कर प्रधानको निर्देशनमा तयार ‘लभ यू हमेशा’ प्रेमकथामा आधारित छ । सिनेमामा यशराज गरच, ऋचा थापा, शिशिर राणा, फिजालगायतका कलाकारले अभिनय गरेका छन् ।

यी दुवै सिनेमाको रिलिज अगाडीको हाइप औसत छ । भने, राजु गिरीको निर्देशनमा बनेको ‘मखमली मखमली’ एक्कासी रिलिज भएको हो । जयकिशन बस्नेत र सुभेक्षा थापा अभिनित सिनेमाको चर्चा नै छैन ।