‘छ माया छपक्कै’को ५१ दिने प्रदर्शन पुरा

‘छ माया छपक्कै’को ५१ दिने प्रदर्शन पुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज २४ गते रिलिज भएको सिनेमा ‘छ माया छपक्कै’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । राजधानीका आधा दर्जन हलमा सिनेमाले ५१ दिन पार गरेको हो ।

बीएसआर, गोपी, गुण, गंगा, अष्टनारायण र सीडीसी हलमा दीपेन्द्र लामा निर्देशित सिनेमाले यो सफलता हात पार्यो । निर्माण पक्षले सिनेमाको ग्रस कलेक्सन वर्षकै सर्वाधिक भनेपनि एकिन तथ्याङ्क बाहिर ल्याएको छैन ।

यो सँगै २०७६ मा ५१ दिने प्रदर्शन पार गर्ने नेपाली सिनेमाको संख्या ३ पुगेको छ । यसअघि प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ र रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ले यो सफलता हात पारेका थिए ।

रोहित अधिकारीको निर्माण रहेको सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, सुपुष्पा भट्ट, केदार घिमिरे, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारले अभिनय गरेका छन् ।