छायांकनरत ‘सम्झना बिर्सना’मा छुल्ठिमको इन्ट्री

छायांकनरत ‘सम्झना बिर्सना’मा छुल्ठिमको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठले लगातार सिनेमा गरिरहेका छन् । ‘रामकहानी’बाट सहकार्य सुरु गरेको यो जोडीको ‘पोइ पर्यो काले’ प्रदर्शन भैसकेको छ ।

यस्तै ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । यतिबेला यो जोडी सिनेमा ‘सम्झना बिर्सना’ छायांकनको लागि भारतको सिलिगुडी पुगेको छ । प्रेमकथानक सिनेमालाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् ।

छायांकन सुरु भएपछि सिनेमामा अभिनेत्री छुल्ठिम गुरुङको इन्ट्री भएको छ । निर्माण पक्षले छुल्ठिमको उपस्थितिबारे जानकारी गराएको छ । सिनेमामा छुल्ठिमको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको सिनेमामा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको सिनेमालाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा सिनेमाको छायांकन गरिने निर्माण पक्षले बताएको छ ।