विराजको कमब्याकलाई दर्शकद्वारा स्वागत, पहिलो गीतलाई उम्दा प्रतिक्रिया

विराजको कमब्याकलाई दर्शकद्वारा स्वागत, पहिलो गीतलाई उम्दा प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कुनै समय नेपाली सिनेमामा दबदबा कायम गरेका विराज भट्ट लामो समय पश्चात ‘साङ्लो’ लिएर दर्शक माँझ आउदैछन् । कमब्याक सिनेमा ‘जय परशुराम’ रिलिज भएको झन्डै चार वर्ष पछि ‘साङ्लो’ रिलिज हुन् लागेको हो । यो बिचमा बिराज भोजपुरी सिनेमामा बेस्थ  थिए ।


उनि यसपटक अभिनयमा मात्र देखिने छैनन् । पहिलो पटक निर्देशनमा पनि हात बढाएका छन् । त्यसैले ‘साङ्लो’ प्रतिक्षित छ । विहिबार निर्माण पक्षले सिनेमाको पहिलो गीत सार्वजनिक गर्यो ।

‘चरीले काफल’ बोलको गीतमा विराजसँगै डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सुदुरपश्चिमको रमणीय ठाउँमा छायांकन गरिएको गीतमा विराज र निकिताको जोडी सुहाएको छ ।

एक्शन स्टार  विराजको लामो समय पश्चातको आगमनलाई दर्शकले स्वागत गरेका छन् । गीत रिलिज पछाडी विराजको कमब्याकलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

पहिलो २४ घण्टामा साढे ५ लाख भ्युज बटुलेको गीतमा ४ हजार ३ सय बढी कमेन्टको वर्षा भएको छ । जसमध्ये सबै कमेन्ट सकारात्मक छन् । भिडियोमा ९७.७० प्रतिशत लाइक आएको छ । कुनै पनि गीतको लागि यतिको लाइक उच्च हो ।

भिडियोमा अधिकांसले दर्शकले विराज र निकिताको नृत्य रुचाएका छन् । २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा पुगेको गीत, यो समाचार तयार गर्दासम्म २८ औँ नम्बरमा उक्लिएको छ ।

दर्शकको सकारात्मक प्रतिक्रियालाई हेर्दा ‘साङ्लो’ले नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमानहरु सुरु भैसकेका छन् । सिनेमा माघ २४ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

एक्सन, लभस्टोरी सिनेमामा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।