प्रेमगीत ३: क्यारेक्टर पोस्टरमा शिव श्रेष्ठको क्रोध

प्रेमगीत ३: क्यारेक्टर पोस्टरमा शिव श्रेष्ठको क्रोध

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – घोषणादेखि नै चर्चामा रहेको सिनेमा ‘प्रेमगीत ३’को इनडोर छायांकन सकिएको छ । राजधानीमा तयार गरिएको भव्य सेटमा सिनेमाको ४० प्रतिशत बढी छायांकन सकियो ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा अब आउटडोर सुटिङको लागि मनाङ प्रस्थान गर्दैछ । टिम मनाङ प्रस्थान गर्नुपुर्व सिनेमाको नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

क्यारेक्टर पोस्टरमा अभिनेता शिव श्रेष्ठ प्रस्तुत छन् । उनको क्रोधित अवतार दर्शकको लागि विल्कुलै फरक छ । सिनेमामा उनि राजा यौद्धावीरको भूमिकामा छन् ।

करिव २ सय वर्ष पुरानो कथा भनिएको सिनेमामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शिर्ष भूमिकामा छन् । यसअघिका दुई शृंखलाले राम्रो चर्चा कमाएका कारण निर्माण पक्षले तेस्रो शृंखलामा ठुलो लगानी गर्दैछ ।

निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेको सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारले पनि अभिनय गरिरहेका छन् ।

प्रेमकथानक सिनेमा चैत २८ गते रिलिज हुनेछ। आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्ने सिनेमामा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ ।

सिनेमा निर्माणमा सन्तोष सेनसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेका छन् । राजेश श्रेष्ठले खिच्ने सिनेमामा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।