anmol jasita

‘तिमिसँगै हुने मन छ’मा पल र निराजन भित्रिए, बलियो बन्दै लाइनअप

‘तिमिसँगै हुने मन छ’मा पल र निराजन भित्रिए, बलियो बन्दै लाइनअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समयका चर्चित सिनेमा ‘ऐश्वर्य’ र ‘क्याप्टेन’का निर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’  घोषणा गरिसकेका छन् ।

घोषणाको लामो समयसम्म सिनेमाको लागि कलाकार दीपिका प्रसाईं र रविन्द्र झा मात्र फाइनल थिए । अब दुई अभिनेता पनि फाइनल भएका छन् ।

अभिनेता पल शाह र मोडल निराजन प्रधानलाई सिनेमामा साइन गराइएको निर्देशक भट्टराईले जानकारी दिए । पल, निराजन र दीपिकाले यसअघि एक म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

पल ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकाएर बसेका छन् । भने, निराजन म्युजिक भिडियोको चर्चित नाम हो । निराजनले
‘जालो’ नामक सिनेमामा अभिनय गरिसकेका छन् ।

पल र निराजनलाई अनुबन्ध गरेसँगै निर्देशक भट्टराई पत्नी दीपिकासँग अमेरिकामा आयोजना हुने एक अवार्ड समारोहमा सरिक हुन् पुगेका छन् ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको अधिकांश छायाँकन पोखरामा गरिनेछ । पूर्ण प्रेमकथामा आधारित रहने सिनेमामा भट्टराईकै निर्माण रहनेछ ।