anmol jasita

मदनकृष्णदेखि केदारसम्मले रुचाए ‘सरौतो’, टेक्निकल पक्ष उत्कृष्ट

मदनकृष्णदेखि केदारसम्मले रुचाए ‘सरौतो’, टेक्निकल पक्ष उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सरौतो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिनेमाको टेक्निकल पाटो र कलाकारको कामलाई दर्शकले रुचाएका छन् ।


यस्तै रिलिज पश्चात सिनेमाको राजधानीमा विशेष शो राखिएको थियो । चर्चित सिनेकर्मी र पत्रकारको बीचमा पनि सिनेमाले सकारात्मक प्रतिक्रिया बटुल्यो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सिनेमा हेरेपछि भने ‘सिनेमा निकै रमाइलो छ, चाइनिज या जापनिज सिनेमा हेरेजस्तो लाग्यो । एक्सन तारिफयोग्य छ , साथै यसको प्रस्तुतीकरण पनि उतिकै ससक्त छ । यसले अन्याय सहनु हुदैन भनेर हौसला बढाउछ । फिल्म हेर्दा रमाइलो लाग्यो , दर्शकले मनोरंजन पाउनु हुन्छ ।’

अर्का वरिष्ठ कलाकारले हरिवंश आचार्यले पनि सिनेमाको मुक्तकण्ठाले प्रशंसा गरे । ‘ टेक्निकल्ली रुपमा सिनेमा निकै बलियो छ । कलाकारको अभिनयले पनि दर्शकलाई सन्तुष्ट बनाउछ । मलाइ सिनेमा मन पर्यो । नेपालमा एक्सन सिनेमा यो लेभलको बन्छ भन्ने सोचेको थिइन् । कमै सिनेमा छन् , जसको एक्सनको तारिफ गर्न सकिन्छ र त्यसमध्येको एक ‘सरौतो’ हो ।’

हाँस्यकलाकार, निर्माता र पटकथाकार दीपकराज गिरीले पनि सिनेमाको लागि सकारात्मक शब्द खर्चिए । उनले भने ‘सिनेमा मनोरंजनको प्याकेज हो । टेक्निकल्ली त हरि जी भएकोले निकै बलियो छ । एक्सन रुचाउनेको लागि यो मनोरन्जक बन्छ ।’

अर्का हाँस्यकलाकार केदार घिमिरेले पनि सिनेमाको सकारात्मक पक्ष कोट्ट्याए । ‘सिनेमा राम्रो लाग्यो । भावनात्मक पनि बनाउछ । र , मुख्य कुरा यसले अन्याय सहनु हुदैन भन्ने ज्ञान दिन्छ । महिलालाई अझै हौसला थप्छ । हाम्रो आफ्नै कथा हो, ‘सरौतो’ ।


छायांकार हुँदै निर्देशनमा हात हालेका हरी हुमागाईंको यो पहिलो निर्देशकीय प्रयास हो । महिला केन्द्रित सिनेमामा सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । उनकै वरिपरि सिनेमाको कथा घुम्छ ।

सिनेमामा सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामालगायतका कलाकारको पनि मुख्य भूमिका छ ।