anmol jasita

अमेरिकामा अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड

अमेरिकामा अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमेरिकामा सम्पन्न चौथों ग्लोबल फिल्म अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड चुमेका छन् । यी दुईले ‘स्टार अफ दि इयर’को अवार्ड जिते ।

गत साता मात्रै अनमोलले सिनेमा ‘क्याप्टेन’बाट जापानमा ‘सुर्य इन्टरनेशनल फिल्म अवार्ड’मा पपुलर अभिनेताको अवार्ड उचालेका थिए ।

अवार्ड पाएपछि दुवै अनमोल र नम्रताले सामाजिक संजालमा फोटो साझेदारी गर्दै खुसि व्यक्त गरेका छन् । यी दुवै कलाकार एक-अर्काका प्रशंसक हुन् ।