anmol jasita

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको सिनेमा ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । निर्माण पक्षले अर्पणको लूक्स सार्वजनिक गर्दै उनको इन्ट्रीबारे पुष्टि गरेको हो ।

भिन्न लूक्समा अर्पण डरलाग्दा देखिएका छन् । उनको मुख दुवै तर्फबाट सिलाइएको छ । लूक्स हेरेर अर्पण कथा भित्रको खलपात्र हुने अनुमान लगाउन सकिन्छ । उनको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन ।

निकेश खड्काले निर्देशन गरिरहेको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठले अभिनय गरिरहेका छन् ।

अर्जुन कुमार फिल्मस् व्यानरको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सस्पेन्स थ्रिलर सिनेमा चैत २८ गते रिलिज हुँदैछ ।