anmol jasita

‘पर्खि बस फर्की आउनेछु’को शुभ-साइत, प्रेम र समिक्षाको जोडी

‘पर्खि बस फर्की आउनेछु’को शुभ-साइत, प्रेम र समिक्षाको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चित बालगायक प्रेम परियारले अब अभिनयमा डेब्यु गर्ने भएका छन् । उनको मुख्य भूमिका रहने सिनेमा ‘पर्खि बस फर्की आउनेछु’ दाङको तुलसीपुरमा शुभ साइत गरिएको छ ।

एउटी अपाङ्ग केटिको टिनएजमा हुने रहर र जीवन संघर्षलाई कथा बनाएको सिनेमामा प्रेमसँगै समिक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दीपक थापालगायातको मुख्य भूमिका रहनेछ ।

सिनेमाको निर्देशन राज बहादुर सानेले गर्नेछन् । रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको सिनेमामा खेमराज बिकको कार्यकारी निर्माण रहनेछ । भने, यमकान्त भण्डारीले सिनेमा निर्माण गर्नेछन् ।


प्रेमकथामा बसन्त सापकोटा, एलिश कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाले संगीत, अरुण सुनारको छायांकन र सानुकुमार महर्जनको द्वन्द्व रहनेछ । सिनेमाको छायांकन सोमबारबाटै सुरु भएको छ ।