anmol jasita

मंसीर २१ मा ऋचाको लगनगाँठो पक्का

मंसीर २१ मा ऋचाको लगनगाँठो पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री ऋचा शर्माले मंसीर २१ गते लगनगाँठो कस्ने भएकी छन् । उनले प्रेमी दिपेक्क्ष विक्रम राणासँग विवाह गर्न लागेकी हुन् ।

लामो समयदेखि चर्चामा रहेको आफ्नो विवाहको मिति अन्तत, आफैले सामाजिक संजालमा सार्वजनिक गरिन् । २ वर्ष लामो प्रेम सम्वन्ध विवाहमा परिणत गर्न लागेकी ऋचाले विवाहको शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन् ।

ऋचाका प्रेमी दिपेक्क्ष ललितपुरमा रहेको लबिम मलका म्यानेजर हुन् ।

राष्ट्रिय अवार्ड विजेता अभिनेत्री ऋचा अभिनयमा पोख्त कलाकार मानिन्छिन् । ऋचाको पछिल्लो रिलिज ‘न यता न उता’ हो । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमिका निर्वाह गरिरहेकी ऋचाको ‘हिजो आजका कुरा’ पाइपलाइनमा छ ।