यस्तो छ, ‘माछा माछा’मा मुख्य चार पात्रको स्वभाव र विशेषता

यस्तो छ, ‘माछा माछा’मा मुख्य चार पात्रको स्वभाव र विशेषता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २० गते सिनेमा ‘माछा माछा’ मार्फत निर्देशक सुनिल गुरुङ दर्शक माँझ पुग्दैछन् । क्राइम कमेडी सिनेमा उनको डेब्यु निर्देशन हो । पहिलो सिनेमाबाटै गुरुङले एक किसिमको चर्चा पाएसकेका छन् । अब, दर्शकले उनलाई कसरी स्वागत गर्छन त्यो हेर्न बाँकी छ ।

तीन जना गाउँले युवाले शहरमा जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा सिनेमाले उठाएको छ । मुख्य पात्रमा अभिनेता सौगत मल्ल, विजय बराल र अनोज पाण्डे छन् । यी सँगै सिनेमाको पात्रमा नम्रता श्रेष्ठ पनि अटाएकी छन् ।

‘यिनै चार पात्रले कथा लिड गरेका छन्’ निर्देशक गुरुङले ‘द सिनेमा टाइम्स’सँग भने । पात्रहरुको भिड रहेकाले पनि ‘माछा माछा’ कस्तो खालको सिनेमा बनेको होला भन्ने एक किसिमको कौतुहलता छ । निर्देशकले मुख्य चार पात्रको वर्णन गरे ।

सौगात मल्ल

तीन पात्रको समुह सौगातले लिड गरेका छन् । समुहको लिड गर्ने सक्ने खुबी सौगातमा देखेपछि निर्देशकले छनोट गरे । समुहमा निर्णय गर्ने अनि कामको योजना बनाउने काम सौगातले निभाएको पात्रमा छ । यो पात्र सिनेमाको पनि लिडर हो ।

नम्रता श्रेष्ठ

लिडरसँग नम्रताले निभाएको पात्र जोडिएको छ । यी दुई बीच प्रेम पनि छ । नम्रताले राजधानी बासी नेवार परिवारको छोरीको भूमिका निर्वाह गरेकी छन् । घरबेटीको छोरीको भूमिकामा नम्रताले आफुलाई उभ्याएकी छन् ।

अन्य पात्र जस्तो भयङ्कर नभएपनि उनि कथाको रानी हुन् । उनको स्वभाव सरल छ ।

विजय बराल

सिनेमाको पहिलो कास्टिङ विजय हुन् । परिवार र समाजको मतलब नगरेर आफ्नै पारामा हिड्ने पात्रको रुपमा विजय देखा परेका छन् । यो पात्रलाई कसैले रुचाउदैनन । जस्तो ‘श्रीमतीले श्रीमानलाई यस्तो साथीसँग संगत नगर है’ भनेर सम्झाउने खालको पात्र ।

समाजले उक्त पात्रलाई खराब भन्छ ।

अनोज पाण्डे

अनोजले सिनेमामा कमजोर पात्रको भूमिका निर्वाह गरेका छन् । समुहको तीन जना मध्ये उनि कमजोर देखिन्छन । जस्तो ‘हाम्रै साथिहरुको समुहमा विभिन्न स्वभावका व्यक्ति हुन्छन । जसमध्ये कोहि अलिक कमजोर, डराउने र कुनै काम गर्दा पछाडी सर्ने प्रकृतिको हुन्छन । त्यस्तै प्रकृतिको पात्र हो अनोज ।’

सिनेमामा यी कलाकार बाहेक माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतकाले पनि अभिनय गरेका छन् । यी कथाको सहायक पात्र हुन् ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले लगानी गरेको सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।