anmol jasita

प्रिमियरमा ‘माछा माछा’लाई सकारात्मक प्रतिक्रिया, कमेडी बलियो

प्रिमियरमा ‘माछा माछा’लाई सकारात्मक प्रतिक्रिया, कमेडी बलियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शन हुने सिनेमा ‘माछा माछा’को राजधानीमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा सिनेमाका कलाकारसँगै  नाम चलेका सेलेब्रेटीको उपस्थिति रह्यो ।

प्रिमियर पश्चात डेब्यु निर्देशक सुनिल गुरुङको कामलाई राम्रो भन्दै सबैले स्वागत गरे । विशेष गरि सिनेमाको कमेडी पार्ट अत्याधिक रुचाइयो । प्राय: पाहुनाले हेरुञ्जेल सिनेमाले दर्शकलाई मज्जाले बाँध्न सक्ने बोले ।

समग्रमा कलाकारको अभिनय, पटकथा, प्रस्तुतिकरण, संवादका विधामा पाहुनाले प्रशंसा गर्नमा कुनै कन्जुस्याँइ गरेनन् ।

सिनेमामा लगानी गरेका निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले आफुले सोचेको जस्तो सिनेमा पर्दामा देख्न पाइएको प्रतिक्रिया दिए । निर्देशक सुनिलले स्क्रिप्टमा अनुमान गरिएको दृश्य नै पर्दामा उतार्न सफल भएकोमा रामबाबु र दयाहाङले धन्यवाद व्यक्त गरे ।

तीन गाउँले युवाले शहरमा जीवन स्थापित गर्न गरेको संघर्षमा सिनेमा घुमेको छ । क्राइम कमेडी जनराको लेखन पनि निर्देशक सुनिलले गरेका हुन् ।

सिनेमामा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।