विवाह बन्धनमा बाँधिइन ऋचा

विवाह बन्धनमा बाँधिइन ऋचा

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री ऋचा शर्मा वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । आज मंसीर २१ गते उनले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् ।

काठमाडौँमा भएको विवाह समारोहमा नजिकका आफन्त र केहि सिनेकर्मीको उपस्थिति रह्यो । ऋचा र दिपेक्ष विगत २ वर्षदेखि प्रेममा थिए ।

‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् । -ऋचा शर्मा र दिपेक्ष बिक्रम राना’ सामाजिक संजाल फेसबुकमा विवाहको फोटो साझेदारी गर्दै ऋचाले लेखेकी छन् ।

मंसीर २६ गतेको लागि ऋचाले विवाह भोज आयोजना गरेकी छन् । ठमेलस्थित अलफ्ट होटलमा विवाहको भव्य भोज आयोजना गरिनेछ । ऋचाका पति दिपेक्ष लाबिम मलको जनरल म्यानेजर हुन् ।