सिनेमा ‘सँगसँगै’ घोषणा, सौगात, सृष्टि, मुकुन र आश्माको मुख्य भूमिका

सिनेमा ‘सँगसँगै’ घोषणा, सौगात, सृष्टि, मुकुन र आश्माको मुख्य भूमिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साथी बीचको सम्बन्ध र समर्पणको कथामा सिनेमा ‘सँगसँगै’ बन्ने भएको छ । शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा सिनेमाको शुभसाइत गरियो । सिनेमालाई मधुसुदन भट्टराईले निर्देशन गर्नेछन् ।

संचारकर्मी-निर्देशक लक्ष्मण सुवेदीको लेखनमा बन्ने सिनेमामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल र आश्मा गिरीको मुख्य भूमिका रहनेछ । सिनेमाले दुई दशक अगाडीदेखि वर्तमानसम्मको एउटा कालखण्ड समेट्ने निर्देशक भट्टराईले जानकारी दिए ।

शिव ढकालले खिच्ने सिनेमामा विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतको पनि अभिनय रहनेछ ।

माघबाट छायांकन सुरु हुने सिनेमामा ताराप्रकाश लिम्बुको संगीत रहनेछ ।

सुवानी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमामा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णबहादुर क्षेत्रीको लगानी रहनेछ ।