‘प्रेमगीत ३’ क्यारेक्टर पोस्टर, अनुभव र योगिशाको यस्तो लूक्स

‘प्रेमगीत ३’ क्यारेक्टर पोस्टर, अनुभव र योगिशाको यस्तो लूक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायांकनरत सिनेमा ‘प्रेमगीत ३’को सेटबाट नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कथाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्न क्रममा यतिबेला बालकलाकार अनुभव रेग्मी र योगिशा खत्रीको लुक्स बाहिर ल्याइएको हो ।

सिनेमाका शिर्ष कलाकार प्रदीप खड्का (प्रेम)को बाल्यकालको भूमिका अनुभवले निर्वाह गरेका छन् । भने, क्रिष्टिना गुरुङ (गीत)को भूमिकामा योगिशा छिन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमाको छायांकन अहिले मनाङमा चलिरहेको छ । केहि दिन अगाडी मात्र मुख्य कलाकार शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो ।

करिव २ सय वर्ष पुरानो कथा भनिएको सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारले पनि अभिनय गरिरहेका छन् ।

प्रेमकथानक सिनेमा चैत २८ गते रिलिज हुनेछ। आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्ने सिनेमामा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ ।

सिनेमा निर्माणमा सन्तोष सेनसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेका छन् । राजेश श्रेष्ठले खिच्ने सिनेमामा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।