‘चालबाज’मा केकीसँग अविनाशको जोडी, सुरु भयो छायांकन

‘चालबाज’मा केकीसँग अविनाशको जोडी, सुरु भयो छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सस्पेन्स लभस्टोरी कथामा सिनेमा ‘चालबाज’ बन्ने भएको छ । कैलाश राईले निर्देशन गर्ने सिनेमामा अभिनेत्री केकी अधिकारी र नव -कलाकार अविनाश प्रधानले जोडी बाँध्नेछन् ।

२ मंसीरदेखि छायांकन सुरु भएको सिनेमामा अभिनेता बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ पनि मुख्य भूमिका रहनेछ । सिनेमा दार्जिलिङका रमणीय स्थानमा खिचिनेछ ।

सौरभ इन्टरटेनमेन्ट र बलाली प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा अरुण तामाङको लगानी रहनेछ ।

सौरभ लामाले खिच्ने सिनेमामा दीपक शर्मा/ओम गुरुङको संगीत, विपिन किरणको शब्द र कमल राई/रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।