गाउँले अवतारमा केकी र आँचल, ‘झिङ्गे दाउ’ सेटबाट बाहिरिए तस्विर

गाउँले अवतारमा केकी र आँचल, ‘झिङ्गे दाउ’ सेटबाट बाहिरिए तस्विर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘झिङ्गे दाउ’को अहिले काभ्रेस्थित भकुेन्डेबेसीमा छायांकन भैरहेको छ । सिनेमालाई ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन् ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल जस्ता कलाकारको अभिनय भएका कारण पनि सिनेमाप्रति आम दर्शकको चासो छ । त्यसैमा कलाकारको भिन्न गेटअप बाहिर आइरहँदा दर्शक उत्सुकता अझ तिव्र भएको छ ।

केहि साता अगाडी आँचलको गेटअप बाहिरिएको थियो । अब निर्माण पक्षले केकीको अवतार सार्वजनिक गरेको छ । सामान्य नेपाली पहिरणमा केकीको सुन्दरता झल्किएको छ । सिनेमामा उनले गाउँले युवतीको भूमिका निर्वाह गरेकी छन् ।

केकीको जस्तै अवतारमा आँचल पनि छिन् । पछिल्लो समय गाउँले परिवेशका कथाले पर्दामा स्थान पाउन छोडेका छन् । यस्तोमा केकी र आँचलले गेटअप दर्शकलाई गाउँले स्वाद दिएको छ ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा ‘झिङ्गे दाउ’ आधारित छ । प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत छ । सिनेमालाई विष्णु कल्पितले खिचिरहेका छन् ।