पूजा र पलको ‘तिम्रो घरको वरिपरी’ गीत ट्रेन्डिङको शिर्ष स्थानमा

पूजा र पलको ‘तिम्रो घरको वरिपरी’ गीत ट्रेन्डिङको शिर्ष स्थानमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र पल शाह फिचर्ड गीत ‘तिम्रो घरको वरिपरी’लाई युट्युबमा रुचाइएको छ । गीत सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’मा समावेश छ । यो दुई वर्ष अगाडीको सुपरहिट सिनेमा ‘म यस्तो गीत गाउँछु’को सिक्वेल हो ।


सिनेमाको सार्वजनिक गीत अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार गीतलाई ४ दिनको अवधिमा झन्डै १७ लाख भ्युज मिलिसकेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

टिमको लागि खुसिको खबर यो छ कि, गीतको कमेन्ट बक्समा सबै सकारात्मक प्रतिक्रिया आएका छन् । युट्युबमा गीतलाई लाइक थिच्नेको अनुपात ९७ प्रतिशत बढी छ ।

अश्मिता अधिकारी र सोनम तोप्देनले स्वर दिएको गीतलाई पूर्वी नेपालका सुन्दर स्थानमा खिचिएको छ । ‘म यस्तो गीत गाउँछु’ पछि दोहरिएको पूजा र पलको जोडीलाई पनि दर्शकले मन पराएका छन् ।

सुदर्शन थापाले नै कथा लेखेको सिनेमामा शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा छ । प्रेमकथानक सिनेमामा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

फागुन २३ गते रिलिज हुने सिनेमामा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका निर्माता सुदर्शन र पूजा हुन् । सिनेमाको सह-निर्मातामा जन्मजय सम्पंग राई छन् ।