फागुन अन्तिममा दयाहाङको ‘नीरफुल’

फागुन अन्तिममा दयाहाङको ‘नीरफुल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई स्टारर सिनेमा ‘नीरफुल’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । गत भदौ २७ रिलिज हुने भनिएको सिनेमा प्राविधिक कारण देखाउदै स्थगित भएको थियो । निर्देशक फूलमान वलले दिएको जानकारी अनुसार अब सिनेमा फागुन ३० मा रिलिज हुनेछ ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित सिनेमामा दयाहाङसँगै रेखा थापा, शान्ति वाइबा, बुद्दी तामाङ, पुष्कर गुरुङ, जिम्मे इकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमामा अभिनेत्री थापाले विशेष भूमिका निर्वाह गरेको संचारकर्मीसमेत रहेका निर्देशक वलले जानकारी दिए ।

सचिन घिमिरेसँग मिलेर सिनेमाको पटकथासमेत लेखेका निर्देशक वलले धादिङ जिल्लाको रुबी भ्यालीको भूगोल र संस्कृतिलाई पनि सिनेमामा उतारेको बताए ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमालाई फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको हो ।